बिहिबार, बैशाख २७, २०८१

लैङ्गिकताको सवाल थप पेचिलो ढंगले उठाउन आवश्यक : अध्यक्ष पोखरेल

काठमाडौं फागुन २२,
नेपाल पत्रकार महासंघ केन्द्रीय महिला समितिले ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको पूर्व सन्ध्यामा मंगलबार न्यूनतम पारिश्रमिक निर्धारण समितिको सहकार्यमा लैङ्गिकताको सवालमा नेपाली मिडिया विषयक अन्तक्रियाको आयोजना गरेको छ ।

कार्यक्रममा महासंघका अध्यक्ष विपुल पोख्रेलले समाजलाई सन्तुलित विकासतर्फ अघि बढाउन लैङ्गिकताको सवाललाई अझ पेचिलो ढंगले उठाउनुपर्ने जोड दिदै संचारमाध्यमको अवधारणालाई सामाजिकरण गरेर लैजानुपर्ने बतानुभयो ।
न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्काले हामीले भोगिरहेका समस्याबारे छलफल गरेर नीति निर्माणगरी समस्या समाधानका उपाय अवलम्बन गर्नुपर्ने बताउनुभयो ।
महासंघका सल्लाहकार तथा निर्मला शर्माले सम्पादकीय तहमा महिला पत्रकारको पहुँच कम रहेको भन्दै तथ्याङ्कमा समावेशी देखिए पनि क्षमता विकासको अभाव , आर्थिक , भौतिक असुरक्षाले कार्यक्षेत्रमा महिला पत्रकार न्यून रहेको बताउनुभयो ।

अग्रज पत्रकार पुरूषोत्तम दाहाल लोकतान्त्रिक छापा माध्यमका अध्यक्ष दामोदर दवाडी,नेपाल प्रेस युनियनका उपाध्यक्ष नकुल अर्याल, प्रेस सेन्टरका महासचिव सन्तोष पौडेल, सञ्चारिका समूहकी अध्यक्ष बिमला तुम्खेवा नविन सन्देश मासिक पत्रिकाका सम्पादक कल्पना शर्मा ,पत्रकार उषा लोहनी,आमसञ्चार प्राधिकरण मधेश प्रदेशका सदस्य प्रतिमा चौधरी, नेपाल पत्रकार महासंघ भक्तपुर शाखा अध्यक्ष जगत प्रजापती, देवीका मगर , गंगा बरालले क्रियाशील महिला पत्रकार समूहका महासचिव चन्दा बिष्ट, नेपाल अमेरिका पत्रकार संघ ९नेजा० का पूर्व अध्यक्ष गौतम दाहाल , एनभिआई न्युजका हेमन्त अधिकारी लगायतले धारणा राख्नुभएको थियो ।

महासंघकी उपाध्यक्ष एवम् महिला विभागका संयोजक बाला अधिकारीले लैङ्गिकताको सवालमा नेपाली मिडिया कस्तो छ भन्दै प्रश्न गर्नुभयो । उहाँले लैङ्गिकताका विषयमा समाचार सम्प्रेषण गर्दा कतै पीडितलाई थप पीडा त भइरहेको छैन भन्दै यस्ता विषयमा पनि बहस चलाउन आवश्यक रहेको बताउनुभयो ।

सञ्चारमाध्यमले न्याय निसाफ दिनुभन्दापनि सम्बन्धित निकायलाई विषयको सत्यतथ्य प्रस्तुत गर्नुपर्नेमा जोडदिनुभयो । न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य आस्था केसीले उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रमको सहजीकरण महासंघका सचिव सृजना अर्यालले गर्नुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2024
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
2526272829