बिहिबार, बैशाख २७, २०८१

एमाले र माओवादीवीच प्रधानमन्त्री आलोपालो गरि चलाउँने भद्र सहमति, मन्त्रालय भागबन्डामा सकस

काठमाडौं फागुन २२,
केन्द्रीय सत्ता समीकरणमा भएको फेरबदलसंगै नेकपा एमाले र माओवादी केन्द्रबीच संसद्को बाँकी चारवर्षे कार्यकालमा प्रधानमन्त्री आलोपालो गरि चलाउँने भद्र सहमति भएको छ ।  एमाले र माओवादी केन्द्रले नयाँ गठबन्धन गर्दा नै संसद्‌को बाँकी चारवर्षे कार्यकालमा आधा९आधा समय प्रधानमन्त्रीको नेतृत्व गर्ने भद्र सहमति भएको हो ।

माओवादी सम्वद्धस्रोतका अनुसार माओवादी केन्द्रले पहिलो २ वर्ष र त्यसपछिको बाँकी दुइवर्ष एमाले अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गर्ने सहमति भएको जनाएको छ।

यसैबीच नयाँ गठबन्धन दलवीच मन्त्रालयको भागबन्डाका लागि जारी बैठक नितिगत निर्णयमा पुग्न हम्मे हम्मेको अवस्थामा रहेको बुझिएको छ।
सत्तागठबन्धनमा सहभागी दलले सकेसम्म शक्तिशाली मन्त्रालयमा आँखा राखेसंगै बैठक नितिगत निष्कर्षमा पुग्न नसकेको हो । त्यस्तै नेकपा एस लोसपा र जनमत समेतलाइ सरकारमा ल्याउँने योजना मुताविक मन्त्रालयमा भागवण्डामा सबैदलको भावना सम्बोधन गर्न प्रम प्रचण्डलाइ निकै सकस रहेको बुझिएको छ।

यसवीचमा मन्त्रालयको टुंगो लगाउन एमाले महासचिव शंकर पोखरेल, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, जसपाका राजेन्द्र श्रेष्ठ र रास्वपाका उपाध्यक्ष स्वर्णिम वाग्लेलाई जिम्मेवारी दिएपनि कार्यदलले भागवण्डको कुनै खाका तय गर्न नसकेको थहा भएको छ।