बिहिबार, बैशाख २७, २०८१

परिवर्तित सत्ता समीकरणको प्रभाव:गण्डकीमा दुई मन्त्री बर्खास्त, कर्णाली प्रदेशबाट कांग्रेस बाहिरियो

काठमाडौं फागुन २२,

केन्द्रीय सत्ता समीकरणमा भएको फेरबदलको प्रभाव प्रदेश सरकारमा प्रत्यक्ष देखिन थालेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री रहेका नेपाली काँग्रेसका नेता सुरेन्द्रराज पाण्डेले यसअघि सत्ता गठबन्धन हुँदा नियुक्त गरेका नेकपा माओवादीका दुई मन्त्रीलाई बर्खास्त गर्दै परिवर्तित केन्द्रीय सत्ता समीकरणलाइ औपचारिकता दिएको हो ।

मुख्यमन्त्री पाण्डेले वैशाख १५ गते माओवादी केन्द्रका तर्फबाट सामाजिक विकासमन्त्री र र भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको जिम्मेवारीमा रहेका सुशीला सिँ‌म्खडा रेशमबहादुर जुग्जाली मगरलाई बर्खास्त गरेका हुन् ।  नेपाली कांग्रेसबाट मुख्यमन्त्री पाण्डेले गत बैशाखमा सिम्खडा र जुग्जाली मगरलाई मन्त्री नियुक्त गरेका थिए ।

यसैवीच कर्णाली प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । काँग्रेसका तर्फबाट प्रदेश सरकारमा सहभागी आर्थिक मामिला तथा योजनामन्त्री , उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री र सामाजिक विकासमन्त्री क्रमस वेदराज सिंह,कृष्णबहादुर बीसी र खड्कबहादुर पोखरेलले आज पत्रकार सम्मेलनको आयोजना गर्दै सरकारलाइ दिदै आएको समर्थन फिर्ताको घोषणासंगै राजीनामा दिएका हुन् ।