बिहिबार, बैशाख २७, २०८१

पर्यटन प्रवर्द्धनका लागि नागार्जुनको खड्कुले चौरमा फुटबल टुनामेन्ट हुँदै

 काठमाडौं फागुन २२ ,

काठमाडौं उपत्यकाका नगरपालिका मध्ये धार्मिक एवम पर्यटन प्रवद्धनको प्रचुर संभावना वोकेको नागार्जुन नगरपालिका वडा न ७ स्थित गोतामथोक स्थित खड्कुले चौरसंगै समग्रमा नागार्जुन क्षेत्रमा खेलुकदको माध्यमबाट पयर्टन प्रवद्धनका लागि सपोर्टर क्लब फुटबल च्याम्पियनसिप  २०२४ आयोजना हुने भएको छ।

करिव ३ दशकअघि स्थानीय खेलकुद लगायतका रचनात्मक एवम् सिर्जनात्मक क्रियाकलाप सञ्चालनको लागि संस्थागत अस्त्विमा आएको सामाजीक संस्था महादेव युवा क्लबको आयोजनामा आगामी फागुन २६ गते आयोजना हुने उक्त मैत्रीपूर्ण प्रतियोगितामा युरोपका चर्चित चार फुटवल क्लवका सपोर्टर क्लब चेल्सी नेपाल, आर्सनल नेपाल, म्यानचेस्टर युनाइटेड नेपाल, बार्सिलोना नेपालसँगै आयोजक महादेव युवाक्लबले समेत प्रतिस्पर्धा गर्ने आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको हो ।

समुद्री सतह देखि १३०० देखि २५०० मी औषत उचाई रहेको काठमाडौं जिल्लाका साविक पाँच गाविस इचङ्गुनारायण, सीतापाईला, रामकोट, भीमढुङ्गा, स्यूचाटार समेटेर बनेको नार्गाजुन नगरपालिकाको वडा न ७ स्थित गोतामथोक स्थित जमीन सतहबाट १५९० मि. उचाइमा प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको खड्कुले चौरको मनोरम क्षेत्रमा आयोजना हुँने यस प्रतियोगितामार्फत मुलत स्थानीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनसंगै थप अन्य संभाव्यता पहिल्याउँने मुल अभिष्ट रहेको कार्यक्रममा जानकारी दिइएकोछ ।

  आयोजक संस्थाका अध्यक्ष राजु सापकोटाले नागार्जुन नगरपालिका, नागार्जुन खेलकुद विकास समिति, नागार्जुन पर्यटन प्रवद्धन, अनुसन्धान तथा अध्ययन समिति र तारकेश्वर युवा क्लब, स्युचाटारको सहकार्यमा हुने प्रतियोगिताको उपाधि विजेतालाई नगद रु।३० हजार प्रदान गरिने छ भने उपविजेतालाई नगद रु। १५ हजार र विधागत रुपमा उत्कृष्ट हुने उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र उच्चगोलकर्तालाई जनही पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जानकारी दिनुभयो ।

त्यस्तै नागार्जुन नगरपालिका वडा नम्बर ७ का अध्यक्ष शैलेन्द्र लामाले नगर क्षेत्रमा आयोजना अुन गइरहेको प्रतियोगितमा नगरपालिकामा विभिन्न किसिमका खेलहरु सञ्चालन गर्न आवश्यक सहयोग गर्ने बताउनुभयो । नागार्जुन नगरपालिका वडा नम्बर ६ का पूर्व अध्यक्ष तथा नागार्जुन नगरपालिका खेलकुद समितिका संयोजक राजेन्द्र बुढाथोकीले भौतिक पूर्वाधारको निर्माणसंगै यसक्षेत्रको पहिचान विस्तार गर्नका लागि खेलकेुद लगाउतका अन्य प्रतियोगितको सञ्चालन गरिने कार्ययोजना रहेको जानकारी दिनुभयो।

[फुटबल टुनामेन्ट सञ्चालन हुने खड्कुले चौर] 

त्यस्तै काठमाडौं जिल्ला समन्वय समितिका सभापति सन्तोष बुढाथोकीले खड्कुले चौरलाइ राष्ट्रियस्तरको खेल मैदान बनाउने र त्यसका लागि बजेट विनियोजन गरि आगामी आवबाट भौतिक रुपमा सुविधा सम्पन्न मैदानसंगै नेपाली खेलकुद क्षेत्रको उन्नयका लागि आवश्यक पूर्वाधार निर्माणको कार्यलाई अगाडि बढाउने बताउनुभयो ।