बिहिबार, बैशाख २७, २०८१

काँग्रेस कार्यसम्पादन समितिको बैठक : सरकारलाई दिएको समर्थन फिर्ता

 काठमाडौं फागुन २२,

प्रधानमन्त्री प्रचण्डले सोमबार कांग्रेससँगको सत्ता गठबन्धन तोडेर नयाँ गठबन्धनको सरकार घोषण गरेसंगै काँग्रेसले कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता दिने निर्णय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसंग कुराकानी गर्दै पार्टी उपसभापति धनराज गुरुङले हामीले माओवादी अध्यक्ष प्रचण्डलाइ दिदै आएको समर्थन आजको बैठकबाट समर्थन फिर्ता लिएको जानकारी दिनुभयो ।

त्यस्तै बैठकले आगामी बैशाख १५ मा हुने उपनिर्वाचनको लागि इलाम र बझाङको चुनावका लागि दल दर्ता गर्ने निर्णय समेत गरेको छ।