बुधबार, बैशाख २६, २०८१

रोमानिया ,पोल्याण्ड पठाइदिन्छु भन्दै ४ लाख ७० हजार रूपैयाँ ठगी गर्ने शर्मा र थापा पक्राउ

काठमाडौं फागुन २३,

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रोमानिया पठाइदिन्छु भन्दै १ लाख रूपैयाँ ठगी गरेको अभियोगमा तार्केश्वर नगरपालिका-१० मनमैजु बस्ने बाग्लुङ जैमिनी नगरपालिका-८ घर भएका ५६ वर्षीय शेषकान्त शर्मालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

 प्रहरीक अनुसार शर्माले १ जनालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाई प्रतिष्ठित कम्पनीमा मासिक ९० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको जनाएके छ।
त्यस्तै पोल्याण्ड पठाइदिन्छु भन्दै ३ लाख ७० हजार रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका- ४ बालुवाटार बस्ने रामेछाप उमाकुण्ड नगरपालिका ६ घर भएका २६ वर्षीय गोविन्द थापालाई पनि मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

थापाले १ जनालाई वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी  पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको प्रहरीले जनाउँदै पक्राउ परेका अभियुक्तद्वय लाइ थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको जानकारी दिएको छ