बिहिबार, बैशाख २७, २०८१

सामूहिक राजीनामा दिदै बागमती प्रदेश सरकारबाट बाहिरियो कांग्रेस

  कांग्रेसले समर्थन फिर्ता लिएसँगै जम्मरट्टेल नेतृत्वको सरकार अल्पमतमा

काठमाडौं फागुन २३,

माओवादी केन्द्र र  काँग्रेसको केन्द्रीय सरकारको मौजुदा सत्तासमिकरण वदलिएसंगै वागमती प्रदेश सरकारमा सहभागी काँग्रेस   बाहिरिएको छ ।  पछिल्लो समय नेकपा माओवादी मौजुदा काँग्रेससंगको समिकरण ताड्दै नेकपा एमालेसंग नयाँ समिकरण कायम गरेपछि प्रदेश सरकारबाट   काँग्रेका मन्त्रीहरु बाहिरिएको हो ।

सरकारमा  सहभागी कांग्रेसका ६ जना मन्त्रीले बुधबार अपराह्न मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामूहिक रूपमा राजीनामा  दिदै   सरकारलाइ  दिदै आएको समर्थन समेत फिर्ता गरेको हो ।

राजीनामा दिने मन्त्रीहरुमा कांग्रेस संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामा, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार, स्वास्थ्य मन्त्री उत्तम जोशी, वन तथा वातावरण मन्त्री मसिना खड्का, संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जन र खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामा रहेका छन ।  कांग्रेसले समर्थन फिर्ता लिएसँगै जम्मरट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको छ ।