बिहिबार, बैशाख २७, २०८१

लामो रस्साकस्सी पछि टुंग्याइयो मन्त्रालयलको दलीय भागवण्डा , मन्त्री र मन्त्रालयको सूची सहित

 काठमाडौं फागुन २३,

परिवर्तित सत्ता समिकरण अनुरुप नेकपा माओवादीको नेतृत्वमा बनेको नयाँ सत्ता गठबन्धन अन्र्तगत सरकारमा सहभागी हुने गठबन्धनले दलहरुले पाउने मन्त्रालय र सिट संख्या लामो रस्साकस्सी पछि  टुंग्याइएको छ ।

प्राप्त जानकारी अनुसार नयाँ सत्ता गठबन्धनबाट सरकारमा सहभागी हुने दलहरुले पनि आफ्ना मन्त्रीहरुको नाममा सहमति गरेसंगै भागवण्डा मिले संगै दलहरुले सरकारमा को कसलाइ पठाउने  निर्णय समेत भएको बुझिएको छ ।

यसैवीच प्राप्त जानकारी  अनुसार माओवादी केन्द्रका   अध्यक्ष प्रचण्डको नेतृत्वमा  भएको  भागवन्डाको क्रममा एमालेले ८, माओवादीले ५, रास्वपाले ४ ,नेकपा एसले २ र   जसपाले २ र मन्त्रालय पाउने भनिए पनि जसपाले मन्त्री हुनेको नाम बुझाइ नसकेको बुझिएको छ छ।समग्रमा  तत्कालका लागि २० सदस्यीय मन्त्रीमण्डल विस्तार हुने भएको  छ।

यस्तो छ दलीय भागवण्डामा बन्ने मन्त्री र मन्त्रालयको सूचीः

एमाले

–रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार

–राजेन्द्रकुमार राई, खानेपानी

–पदम गिरी, कानून, न्याय तथा संसदीय मामिला

–बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी

–भगवती चौधरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक

–दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति

–हरि उप्रेती, रक्षा

–ज्वालाकुमारी साह, कृषि

माओवादी

–नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र

–वर्षमान पुन, अर्थ

–शक्तिबहादुर बस्नेत, ऊर्जा, जलस्रोत तथा सिँचाइ

–रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधि

–हितबहादुर तामाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

रास्वपा

–रवि लामिछाने, उपप्रधान तथा गृह

–सुमना श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि

–विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद

–डोलप्रसाद अर्याल [डिपी], श्रम, रोजगार तथा सामाजिक सुरक्षा

एकीकृत समाजवादी
– भानुभक्त जोशी, संघीय मामिला तथा सामान्य प्रशासन
– धनबहादुर बुढा, सहरी विकास रहेका छन । नयाँ मन्त्रीहरुको आज साँझ ५ बजे शपथ ग्रहण कार्यक्रम तय भएको समेत बुझिएको ।छ