बिहिबार, बैशाख २७, २०८१

कांग्रेसले छुट्टै गठबन्धनको तयारीमा रापप्रा सहित मधेश केन्द्रीत तीन दलसँग छलफल

 काठमाडौं फागुन २३,
सत्ता गठबन्धन दलहरु मन्त्रालय भागवण्डामा व्यस्त भएका बेला संसद्‍को पहिलो दल नेपाली कांग्रेसले छुट्टै गठबन्धनको तयारी सुरु गरेको    छ । प्रधानमन्त्री पुष्पकमल दाहालले धोका दिएको निष्कर्ष सहित नेपाली कांग्रेसले गठबन्धनमा सहभागी नभएक दलहरुलाई एकत्रित गर्दै छलफल थालेको हो ।

यसक्रममा कांग्रेस सभापति देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन संगै मधेश केन्द्रित तीन दलसँग छलफल गरेका छन् ।  सभापति देउवाले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीसँग देउवाले आज बूढानिलकण्ठमा छलफल गर्नुभएको हो।

छलफलमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेता शेखर कोइराला र प्रमुख सचेतक रमेश लेखक लगायतका नेताको उपस्थित रहेको थियो ।  नयाँ सत्ता समीकरण घोषणा भएसँग कांग्रेसले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको छ भने गठबन्धनबाहिरका दलसँग छलफल अघि बढाएको छ ।  यसवीचमा देउवाले आजै बिहान नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग समेत छलफल गरेका थिए ।