बिहिबार, बैशाख २७, २०८१

प्रधामन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् विस्तारसंगै नवनियुक्त मन्त्रीको शपथ

   काठमाडौं फागुन २३,

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम प्रधामन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम विस्तारित मन्त्रिपरिषद्का सदस्यहरुलाइ पद तथा गोपनीयताको शपथ दिलाउनुभएके छ। विस्तारित मन्त्रिपरिषद्का सदस्यहरुले संविधानको धारा ८० बमोजिम राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो।

राष्ट्रपति भवनमा आयोजित शपथ ग्रहण कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष नवनियुक्त तीन उपप्रधानसहित १६ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ।

त्यस्तै शपथ लिने मन्पिरिषद सदस्यहरुमा नेकपा माओवादी केन्द्रको तर्फबाट उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, ऊर्जा मन्त्री शक्ति बस्नेत ले बुधबार पद तथा गोपनीयताको शपथ लिनुभएको हो। यसअघि माओवादीका संस्कृति, नागरिक तथा पर्यटन उड्डयन मन्त्री हितबहादुर तामाङले शपथ लिइसक्नुभएको छ।

यसैगरी, सत्ता गठबन्धनको सबैभन्दा ठुलो दल नेकपा एमालेका तर्फबाट नवनियुक्त उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, कृषि तथा पशुपन्क्षी विकास मन्त्री ज्वाला कुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानी मन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी, रक्षामन्त्री हरि उप्रेतीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। कानुन न्याय, तथा संसदीय मामिला मन्त्री पदम गिरीले यसअघि शपथ लिइसक्नुभएको छ।

 त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट नवनियुक्त मन्त्री उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिनुभएको हो। यसअघि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले शपथ लिइसक्नुभएको छ।

नेकपा एकीकृत समाजवादीका तर्फबाट नवनियुक्त मन्त्रीद्वय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी र सहरी विकास मन्त्री धनबहादुर बुढाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री ‘प्रचण्ड’, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसहित संवैधानिक निकायमा प्रमुख, लगायत उच्च अधिकारीको उपस्थिति रहेको थियो।

प्रधामन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् विस्तारसंगै नवनियुक्त मन्त्रीको शपथ