शनिबार, बैशाख २९, २०८१

टेरामक्स प्रणाली’ खरिद प्रकरण:अन्तिम चेतावनीपछि वयानका लागि मन्त्री बस्नेत अख्तियारमा

काठमाडौं माघ २६ ,
तत्कालीन सञ्चारमन्त्रीको जिम्मेवाी वहन गर्ने क्रममा नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेरामक्स प्रणाली’ खरिद प्रकरणमा जोडिएका मौजुदा प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री  मोहनबहादुर बस्नेतले नेपाल दुरसञ्चार प्राधिकरणको टेरामक्स प्रणाली खरिद प्रकरणमा अख्तियारको कार्यालयमा पुगेर ‍बयान दिएका छन ।

अख्तियारले ‘टेरामक्स प्रणाली’ खरिद खरिद प्रकरण केन्द्रीत हुँदै पटक पटक वयानका लागि बोलाउँदा पनि उपस्थित नभएपछि अख्तियारले पक्राउ गर्ने सम्मको चेतावनी दिएपछि मन्त्री बस्नेत बयानका लागि आज अख्तियार पुगेको हो ।

यसअघि टेरामक्स प्रकरणमा पछिल्लो समय राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तको जिम्मेवारीमा रहेका तत्कालीन सञ्चार सचिव सचिव महेन्द्रमान गुरुङ तत्कालीन मन्त्री गोकुल बास्कोटाले अख्तियारमा गएर बयान दिइसकेको अख्तियार स्रोतले जनाएको छ।

दूरसञ्चार प्राधिकरणको तर्फबाट इन्टरनेशनल कल मोनिटरिङ र भीओआईपी नियन्त्रणका लागि उपयुक्त इक्विपमेन्ट र सिस्टम खरिद गर्नका लागि स्वार्थ समूहको प्रभावमा पर्दै मन्त्री बस्नेतले अनुकुल हुने नीतिगत निर्णय गरेको अख्तियार स्रोतले जनाएको छ ।