सोमवार, जेष्ठ ७, २०८१

कोशीमा चार मन्त्री र दुई राज्यमन्त्रीको शपथसंगै सरकारले पायो पूर्णता

काठमाडौं माघ २६ ,
कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ ।  मुख्यमन्त्री केदार कार्कीले ४ मन्त्री र २ राज्यमन्त्री नियुक्त गर्दै प्रदेश सरकारलाइ पूर्ण आकारमा विस्तार गरेका हुन् । मुख्यमन्त्री कार्कीले शुक्रबार नेपाली काँग्रेसबाट दुई मन्त्री तथा दुई राज्यमन्त्री र नेकपा माओवादी केन्द्रबाट दुई मन्त्रीलाई नियुक्त गरी सरकारलाई पूर्णता दिनुभएको हो ।

विस्तारित मन्त्रिपरिषदमा नेपाली कांग्रेसको नियुक्त भएका प्रदीपकुमार सुनुवारलाई स्वास्थ्य मन्त्रालय र रामकुमार खत्रीलाई कृषि तथा सहकारी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने माओवादी केन्द्रबाट राजेन्द्र कार्कीलाई सामाजिक विकास मन्त्रालय र नारायण मगरलाई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मा दिइएको छ ।

यसैगरी राज्यमन्त्रीमा नियुक्त काँग्रेसका प्रदेश सासंद इन्दिरा थापा र सुनीताकुमारी गुरुङलाय क्रमस आर्थिक मामिला तथा योजना राज्यमन्त्री इन्दिरा र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीको जिममेवारी दिइएको छ ।

यस्तो छ कोशी प्रदेश सरकारको विस्तारित प्रारुप:

विस्तारित मन्त्रिपरिषद्संगै कोशी प्रदेशको मन्त्रिपरिषद् १० सदस्यीय बनेको छ । मुख्यमन्त्रीमा आफू नियुक्त भएको ४ महिनापछि कार्कीले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । यसैवीच कोशी प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीहरुलाई शुक्रबार पद तथा गोपनीयताको शपथग्रहण गराउनुएको हो ।