आइतवार, बैशाख १६, २०८१

वडाध्यक्ष बादेविरुद्ध १५ लाखको भ्रष्टाचार मुद्दा दायर

 काठमाडौं माघ २६ ,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बनेपा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नृपेश बादेविरुद्ध १५ लाखको भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार वडाध्यक्ष बादेले घरबाटो सिफारिस गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग सो रकम घुस लिएको अनुसन्धानको क्रममा पुष्टि भएसंगे निजविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो १५ लाख रुपियाँ रकमसहित जरिवाना सजाय हुन मागदाबी गर्दै शुक्रबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको जनाएको छ ।

आयोगले वडाध्यक्ष वादेलाइ गत माघ ३ गते घरबाटो सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग १५, लाख घुस लिइसकेको अवस्थामा भक्तपुरको गठ्ठाघरबाट रंगेहात नियन्त्रणमा लिइएको थियो।