शुक्रबार, बैशाख २८, २०८१

आगामी बजेट उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रीत हुनेछ : प्रधानमन्त्री

 नुवाकोट विदुर माघ २६ ,

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी बजेट उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने बताउनुभएक‍ो छ । आठौं नुवाकोट महोत्सवको उद्घाटनसत्रलाइ सम्बोधन गर्नेक्रममा राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रियासंगै उत्पादन वृद्धि हुनेगरी बजेट निर्माण गरिने स्पष्ट पार्नुभयो ।

त्यस्ते उहँँले परम्परागत बजेट प्रणालीलाई रुपान्तरणका लाग सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि सबै क्षेत्रसँग छलफल गर्ने र सुझाव लिने काम भईरहेको बताउनुभयो ।

“अर्थतन्त्रका सूचक धेरै उत्साहजनक रहेका छन्, विदेशी मुद्राको सञ्चिती तथा पर्यटकको आगमन बृद्धि भएको छ”, प्रधानमन्त्रीले प्रचण्डले भन्नुभयो, “यसले अर्थतन्त्रलाई सही बाटोमा ल्याउन मद्धत गरेको छ, पछिल्लो समय राजस्व पनि वृद्धि भएको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले धार्मिक, ऐतिहासिक, कृषि, पर्यटन व्यवसाय र कला संस्कृतिको विकासमा सरकारले सहयोग गर्ने उल्लेख गर्दै नुवाकोट दरबारको पुःननिर्माणमा समेत सरकारले ध्यान दिने बताउनुभयो ।