शुक्रबार, बैशाख २८, २०८१

आज देशैभर आठौं संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

 काठमाडौं असोज ३,
आज मुलुकमा २०७२ असोज ३ गते लोकतान्त्रिक संविधान जारी भएको खुशीयालीमा आठौं संविधान दिवस, २०८० देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते संविधानसभाबाट बनेको मुलुकको नयाँ संविधान जारी गर्नुभएको हो । त्यस्तै आज संविधान दिवसको अवसमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष कार्यक्रममा  राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेछन् ।

संविधान दिवसका अवसरमा जनताका प्रतिनिधिद्वारा निर्माण गरी संविधानसभाबाट जारी भएको नेपालको संविधानलाई विश्वकै उत्कृष्ट संविधानकारुपमा रहेको व्याख्या र विश्लेषण गरिएको छ । राष्ट्रपतिको उपस्थितमा हुने प्रस्तुत कार्यक्रममा कावा प्रधानमन्त्री पूर्ण वहादुर खड्काले विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् ।

 संविधान दिवसको आजको दिनमा मुलकको राजनैतिक धरातलको विश्लेषण गर्ने हो भने मुलुकमा दलबिचका सत्ता स्वार्थको जालझेल निकै नराम्रोसंग मौलाएको पाइन्छ । यहि कारणले मुलुकमा यो वा त्यो नाममा अनेकन संसदीय विकृतिले प्रशय पाउँदै आएको अवस्था विद्यमान रहेको छ ।

तथापी संविधान जारी भएको आठ वर्ष पुगिसक्दा पनि विद्यमान यावत अनेकन विकृतिका कारण सार्वभौम सम्पन्न जनताको प्रतिनिधिमूलक संस्था संसदको दिगो विकास संगै ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका संविधानले  व्यवस्था गरेको नागरिकको मौलिक अधिकारसंगै दर्जनौ हकाधिकार  कार्यान्वयनको पक्ष सोच अनुरुप सबल बन्न सकेको  छैनन

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031