शुक्रबार, बैशाख २८, २०८१

सुन तस्करी प्रकरण :एमालेको उच्चस्तरीय समिति गठनको अडान कायमै ,संसद बैठक सूचना टाँसेर स्थगित

काठमाडौं साउन १५,
सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन नभएसम्म संसद् बैठक चल्न नदिने प्रतिपक्षी दल नेकपा एमालेको अडानसंगै बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।

यसअघि उच्चस्तरीय समिति गठन नगरी संसद् चलाउन खोजेमा बेल घेराउ गर्ने र संसद् चल्न नदिने जानकारी एमालेले सभामुखलाई दिएको थियो । त्यसपछि घिमिरेको निर्देशनमा संघीय संसद्का महासचिव भरतराज गौतमले आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक मंगलबार सम्मका लागि स्थगित गरिएको जानकारी दिएका हुन।

 यसैवीच संसद्‌मा एमालेले गर्दै आएको बैठक सञ्चालनमा देखिएको अवरोधका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले आजै बिहान एमाले अध्यक्ष केपी ओलीसँग छलफल गरे पनि छलफलको क्रममा ओलीले उच्चस्तरीय समिति गठनको अडान राखेका थिए ।

त्यसपछि सभामुखले समेत एमालेलगायत दलका नेताहरुसँगै सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग समेत संसद्को अवरोध खुलाउनेबारे छलफल गरे पनि बैठक सञ्चालनको पक्षमा सकारात्मक वातावरण नवनेसंगै सभामुख घिमिरेले सूचना टाँसेर बैठक स्थगित गरेका हुन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु