शुक्रबार, बैशाख २८, २०८१

साइप्रस पठाइदिन्छु भन्दै रकम ठगी गर्ने गिरी पक्राउ

काठमाडौं साउन १५,
साइप्रस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सिन्धुली सुनकोशी गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका १५ डल्लु बस्ने ३३ वर्षीय राजन गिरीलाई आइतबार प्रहरीले पक्राउ गरेको  छ ।

गिरीले वैदेशिक रोजगारका लागि साइप्रस पठाइ प्रतिष्ठित कम्पनीमा १ लाख रुपैयाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी २ लाख रूपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरीले उनलाई काठमाडौं लाजिम्पाटबाट पक्राउ गरेको हो ।

पक्राउ परेका गिरीलाइ थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।