शुक्रबार, बैशाख २८, २०८१

सिडियो र विद्युत प्राधिकरणको समन्वयपछि राप्रपाको भवनमा महानगरको डोजर चलेन

 काठमाडौं साउन १५,
धुम्बाराहीस्थित राप्रपाको केन्द्रीय कार्यालय भत्काउन यसअघि महानगरले दिएको २ पदने अल्टिमेटम केही दिनका लागि पछि सारेको छ।

नक्सा पास समेत नगरी हाइटेन्सन लाइनमुनि बनाइएको राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालय भत्काउन महानगरले यअघि गत साउन १२ मा दुई दिनभित्र खाली गर्न अल्टिमेटम सहितको माइकिङ गरेको थियो ।

महानगरले दिएको अल्टिमेटमको समयसिमा आज सकिएसंगै डोजर लगाउने तयार हुँदै गर्दा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको रोहवरमा विद्युत प्राधिकरणको समन्वयसंगै महानगरका प्रतिनिधिवीच भएको बैठकमा महानगरले राप्रपालाई संरचना हटाउन २१ दिनको म्याद थप गर्ने सहमति बनेसंगै डोजर लगाउने कार्य तत्कालका लागि स्थन भएको महानगरले जनाएको छ ।