शुक्रबार, बैशाख २८, २०८१

चाबहिलका नापी अधिकृत राजु पुरीविरुद्ध १ करोड ४ लाख रुपैयाँको भ्रष्टाचार मुद्धा दायर

काठमाडौ साउन १५, 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिलका नापी अधिकृत राजु पुरीविरुद्ध  आइतवार  १ करोड ४ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतमा  निजको   पत्नीलाई  समेत   प्रतिवादी बनाउँदै  मुद्दा दर्ता गरेको छ ।

आयोगले अधिकृत पुरीमाथि  अकुत सम्पति आर्जन  गरेको  भन्दै  परेको उजुरीको   छानबिनको क्रममा   उनको     २ करोड २४ लाख ८१ हजार ६ सय ९० रुपैयाँको सम्पत्तिमध्ये १ करोड २० लाख ७७ हजार ७ सय ४८ रुपैयाँको मात्रै वैधानिक स्रोत  खुलेको  र बाँकी  सम्पितको  स्रोत नखुलेको  आयोगले जनाएको   छ ।

 आयोगले  २०५२ पुस ९ गते सेवा प्रवेश  गरेको  पुरीले  सार्वजनिक पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी    २०७९ असार मसान्तसम्मको अवधिमा कमाएको १ करोड ४ लाख ३ हजार ९ सय ४१ रुपैयाँ बराबरको स्रोत नखुलेको र   आयोगले विज्ञप्तिमार्फत   जनाएको छ ।