बुधबार, बैशाख १९, २०८१

औषधि माफियाहरुको चलखेल, कस्मेटिक आइटमको नाममा छालाजन्य रोग निदान हुने औषधिको कारोवार

काठमाडौं असार २४
नेपाली औषधि बजारमा मानव स्वास्थ्यमा आर्थिक मुनाफा आर्जनका लागि औषधि माफियाहरुको तर्फबाट अनेकन खेलवाद हुने गरेको पाइएको छ ।
पछिल्लो समय औषधि व्यवसायका नियमक निकाय औषधि व्यवस्था विभागले नियमनको क्रममा बुटलव उपमाहानगरपालिका रुपन्देही ६स्थित श्री ड्रग इन्टरनेशनलबाट छालाजन्य रोग निदानका लागि प्रयोग हुने भारतस्थित केएलएम लेवोटरीजको उत्पादन मेलापिक इभर क्रिम २० ग्राम र २५ ग्राम संगै मेलापिक प्लस क्रिम २० ग्रामको औषधि कस्मेटिक आइटम भन्दै निर्वाधरुपमा विक्रीवितरण गर्दै गरेको पाइएसंगै औषधि माफियाहरुले औषधि व्यवसायको नाममा गर्दै आएको खेलोफड्कोको खुलासा भएको हो ।

बजारमा यस्ता किसिमका औषधिको खुला विक्रीवितरण भएको पाइएपछि औषधि व्यवस्था विभागले छालाजन्य रोगमा प्रयोग हुने औषधि लाइ कस्मेटिक क्रिमको रुपमा प्रयोग गर्दा स्वाभाविक रुपमा साइड इफेक्ट गर्नुको अलावा यस किसिमको औषधिले मानव स्वास्थ्यका लागि गम्भीर घात गर्ने जनाउ सहित गत असार १९ गते सार्वजनिक सूचना जारी गर्दै आम सर्वसाधारणलाइ विभागमा दर्ता समेत नभएको उक्त औषधिको प्रयोग तथा विक्री वितरण नगर्न निर्देशन दिएको हो ।

औषधि ऐन २०३५ को दफा मा प्रष्ट रुपमा कुनै पनि औषधिमुलोको विक्रिीतरण र पैठारीका लागि नियमक निकाय औषधि व्यवस्था विभागमा दर्ता भइ पैठारी वा उत्पादन अनुज्ञापत्र प्राप्त गर्दै कारोवार गर्नुपर्ने , त्यस्तै दफा १० को क मा दर्ता भएको मानव स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने औषधिको मात्र कारोवार गर्नु पर्ने उल्लेख रहेको छ ।

तर औषधि ऐन र जारी सूचना को वर्खिलाप श्री ड्रग इन्टरनेशनल लगायत आसपासका फार्मेसीमा समेत विभागमा दर्ता समेत नभएका मानव स्वास्थ्यका लागि हानिकार औषधिको कारोवार हुँदै गर्दा पनि विभागले ठाडो कारवाही नगरी केवल सूचनामात्र जारी गर्नु हदैसम्मको कारावहीको लागि प्रभावकारी पहल नगर्नु आफैमा ससंको विषय भएको सम्वद्ध सरोकार वालाव्यवसायीहरुको मत रहेको छ ।

यसविषयम विभागका महानिर्देशक नारायण प्रसाद ढकालासंग बुझ्दा उहाँले सात दिने अल्टिमेटम सहित कारोवाहीको प्रक्रिया शुरु भइसकेको र दर्ता नभएको असुरक्षित उक्त औषधि प्रयोग नर्गन सर्वसाधारण समेतलाइ अनुरोध गरिसकेको जानकारी दिनुभयो ।

त्यस्तै नेपाल औषधि व्यवसायी संघ रूपन्देहीका पूर्व सल्लाहकार औषधि घरका थोक विक्रेता समेत रहेको श्री ड्रग इन्टरनेशनलका सञ्चालक गंगाप्रसाद ढकालले नेपाल औषधि व्यवसायी संघ नामक संस्थाको आडमा विभागको तर्फबाट जारी सूचना समेतलाइ अटेर गर्दै उक्त औषधिहरु निर्वाध विक्रि वितरण गर्दैआइरहेको स्रोतको दावी रहेको छ ।

संघ संस्थाको आडमा पैठारी अनुज्ञापत्र समेत प्राप्त नगरी रोग निदानको लागि प्रयोग हुने औषधि सौन्दर्य प्रदायक भन्दै औषधि ऐन २०३५ को वर्खिलाप औषधिको कारोवार गर्ने यस्ता व्यवसायीलाइ तत्काल कारवाहीका लागि विभागले किन्चित पनि विलम्व गर्न नहुनेमा सरोकारवाला व्यवसायीसंगै जनजनको अभिमत रहेको छ ।