बुधबार, बैशाख १९, २०८१

आज गुरु पूर्णिमा : गुरुप्रति श्रद्धाभाव प्रकट गर्दै गुरु पूर्णिमा मनाइँदै

 गुरु व्रह्मा गुरु विष्णु गुरुदेवो महेश्वर । गुरु साक्षत् परम् व्रह्मा तस्मै श्री गुरुवे नमः।।

काठमाडौं असार १८,
आज आषाढ शुक्ल पूर्णिमाका दिन आफूलाई शिक्षा प्रदान गर्ने आ आफ्ना गुरूप्रति श्रद्धाभाव प्रकट गर्दै गुरु पूर्णिमा मनाइँदै छ त्यस्तै आज ऋषि वेद व्यासका जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाको प्रारुपमा मनाउँने गरिएको हो । आजका दिन विशेष गरि आफूलाई संस्कार युक्त नैतिक शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको र गुरुलाई आमा वुवा सरह मान्ने प्रचलन समेत रहेको छ ।

संस्कृत शव्द गुरुको शाब्दिक अर्थ गुको अर्थ अन्धकार र रु को अर्थ प्रकाश भन्ने हुन्छ । गुरु शब्दको विग्रह गर्दा ‘गिरति अज्ञानं इतिः गुरु’ अर्थात अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने व्यक्ति नै गुरु हो । यसै अवसरमा गुरु पूर्णिमा कै अवसरमा गुरुहरूको सम्मानका लागि आज विभिन्न कार्यक्रम सहित गुरु पूजा मनाइरहेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु