शनिबार, बैशाख २९, २०८१

काठमाडौ प्रेस युनियनले आज आफ्नो नयाँ नेतृत्वको चयन गर्दै

काठमाडौं असार १०,

आज लोकतन्त्रवादी पत्रकारहरुको साझा संगठन नेपाल प्रेस युनियन काठमाडौले आज आफ्नो नयाँ नेतृत्वको चयन गर्दैछ । नेपाली काँग्रेसका नेता शशांक कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न हुने नवौं अधिवेशन मार्फत काठमाडौं युनियनले नयाँ नेतृत्वको चयन गर्ने तयारी गरेको  हो ।

लोकतन्त्रवादी पत्रकारहरुको साझा संगठन प्रेस युनियनको देशैभरका शाखा मध्ये निकै महत्वपूर्ण शाखाको रुपमा हेरिने काठमाडौं शाखाको नेतृत्वका लागि शाखाका सल्लाहकार समेत रहेको महेश्वर गौतम सहितका आकंक्षीहरुले युनियन  नेतृत्वका लागि आकंक्षा व्यक्त गरेको थाहा भएको छ ।

यसअघि जिल्ला शाखा ललितपुरमा केदार दाहाल नेतृत्वको कार्यसमिति निर्वाचित भइसकेका छन भने भक्तपुरमा पनि केहि दिन भित्रै नयाँ नेतृत्वको चयन हुने बताइएको छ ।