आइतवार, बैशाख ३०, २०८१

युग अनुसारको संस्कृतिको निर्माण आजको आवश्यकता : प्रम प्रचण्ड

 काठमाडौं असार ९,

नेपाल प्रज्ञा प्रतिष्ठानको ६६औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा शनिबार आयोजित कविता महोत्सवलाइ सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले ज्ञान तथा साहित्य कलालाई पछिल्लो समयमा विकास भएका आधुनिक ज्ञान र चिन्तनका सापेक्षतामा विकास गर्दै अघि बढ्न सके मात्रै अपेक्षित सफलता हासिल गर्न सकिने बताउनुभएकोछ ।

साथै उहाँले अबको सिर्जना, अबको अनुसन्धान केवल परम्परा धान्नेमा मात्रै सीमित हुनु नहुनेमा जोड दिदै सामाजिक संरचना, राजनीतिक व्यवस्थामा भएको परिवर्तन संस्थागत गर्न सोहीअनुसारको सांस्कृतिक रुपान्तरण अभियान अघि आउन जरुरी रहेको बताउनुभयो ।

 साथै आज नेपाली समाजको सामाजिक संरचना र राजनीतिक व्यवस्थामा परिवर्तन सामाजिक संरचना, राजनीतिक व्यवस्थामा भएको परिवर्तनलाई संस्थागत गर्न सोहीअनुसारको सांस्कृतिक रुपान्तरण अभियान अघि आउन जरुरी रहेको भन्दै यथास्थितिवादी सौन्दर्य चेतनाले मात्रै पुग्ने स्थिति पनि नभएको बताउनुभयो ।

त्यसअर्थमा पनि नेपाली समाजका सूक्ष्म तहमा जरा गाडेर बसेको सामन्तवादी संस्कृतिको प्रतिरोध गर्दै आजको संघीय समानुपातिक गणतान्त्रिक युग अनुसारको संस्कृतिको निर्माण आजको आवश्यकता भएको बताउनु भयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031