शुक्रबार, बैशाख २८, २०८१

मनसुनी वायुको बढ्दो प्रभाव :मुलुकको सात मध्ये पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं असार १०,
मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायुको बढ्दो प्रभावसंगै आज बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकाध स्थानमा भारी भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै सामान्यदेखि पूर्ण बदली भई बिहानदेखिनै देशका विभिन्न भागमा वर्षा भइरहेको जनाउँदै महाशाखाले जारी गरेको मौसी पूर्वानुमान वुलेटिनमा सोमवार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र मंगलवार पनि बागमती र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहितको वर्षा हुने जनाएको छ ।

 साथै महाशाखाले यसवीचमा हुने भारी वर्षाका कारण प्रदेशमा सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने चन्दै आवश्यक सकर्तकताकालागि चेतावनी समेत जारी गरेको छ।