शनिबार, बैशाख २९, २०८१

आइतवारबाट पाँच हजार शुल्कमा ६६ पृष्ठको राहदानी पाइने

काठमाडौं असार २,
राहदानी विभागले सेवाग्राहीलाई आइतवारबाट ६६ पृष्ठको राहदानी पाँच हजार रुपैयाँमा उपलब्ध गराउने भएको छ। यसअघि जिल्ला प्रशासन कार्यालयले १० हजार रुपैयाँमा उपलब्ध गराउँदै आएको उक्त राहदानी असार ३ गतेबाट ५ हजार रुपैयाँमा उपलब्ध गराउने भएको हो ।

परराष्ट्रमन्त्री एनपी साउदले गत जेठ २४ गते बसेको मन्त्रिपरिषद् बैठकले ६६ पृष्ठको राहदानी ३४ पृष्ठको राहदानी बराबरको मूल्यमा सेवाग्राहीलाई उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए ।

यसअघि राहदानी विभागले जिल्ला प्रशासन कार्यालयबाट फ्रिक्वेन्ट फ्लायर ९समय–समयमा विदेश गइरहने०लाई ६६ पृष्ठको राहदानी १० हजार रुपैयाँमा सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको थियो । यस्तै सामान्यतया विदेश जाने सेवाग्राहीलाई विभागले ३४ पृष्ठको राहदानी ५ हजार रुपैयाँमा दिँदै आएको थियो ।

विभागले शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालय, राहदानी सेवा प्रदान गर्ने इलाका प्रशासन कार्यालय र विदेशस्थित सबै नेपाली नियोगलाई परिपत्र गरेर राहदानी दस्तुरसम्बन्धी जानकारी गराएको विभागका निर्देशक दुरपदा सापकोटाले जानकारी दिइन् ।

परिपत्रमा मन्त्रिपरिषद्को निर्णयअनुसार ६६ पृष्ठको साधारण विद्युतीय राहदानीको दस्तुर ३४ पृष्ठको साधारण विद्युतीय राहदानीको दस्तुर सरह कायम गर्ने गरी संशोधन गरिएको र असार ३ गतेबाट संशोधित दस्तुर लागु गर्न निर्देशन दिइएको छ।