शुक्रबार, बैशाख २८, २०८१

जेल चलान भएका नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरु उच्च अदालत जाने तयारीमा

काठमाडौं असार २,
नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले शुक्रवार दिएको आदेशविरुद्ध अभियुक्तहरुले उच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरेको थाहा भएको छ । पक्राउ परेका १८ मध्ये १६ जनालाई शुक्रवार जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको थियो । तर अभियुक्तहरुले अदालतको आदेश त्रुटिपूर्ण रहेको भन्दै पुनरावेदनमा जाने तयारी गरेको हो ।

ठगी, संगठित अपराध, सरकारी कागजको किर्ते र राज्यविरुद्धको आरोप लागेको अभियुक्त बालकृष्ण खाणका कानुन व्यवसायी खम्मबहादुर खातीले आवश्यक परामर्शपछि उच्च अदालत पाटनमा पुनरावेदन गर्ने तयारी भएको बताए ।

त्यस्तै प्रस्तुत प्रकरणमा फरार रहेको पूर्व गृहमन्त्री रामवाहादुर गापाका छोरा प्रतीक थापा सहित १२ जनालाई पक्राउ पूर्जी जारी गरी नियमानुसार गर्न जिल्ला अदालतले आदेश दिएसँगै प्रहरीले उनिहरुको खोजीकार्यलाइ समेत तीव्रता दिएको छ । प्रहरी स्रोतका अनुसार फरार अभियुक्त मध्ये केशव तुलाधर, अशोक पोखरेल, धिरेन राई, दीपान्जली हुमागाईं, निरज राई, राजेश अर्याल, मोहनराज राई, आशीष बुढाथोकी, विनिता सावदेन लिम्बू, निरन्जनकुमार खरेल र सुनील बुढाथोकी रहेको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031