शुक्रबार, बैशाख २८, २०८१

वायू प्रदुषण न्यूनीकरणमा बजेटको मौनताप्रति सरोकारवाला संघसंस्थाको असन्तुष्टी

काठमाडौं जेठ २८,
सरकारले आगामी आव २०८०र/८१ का लागि ल्याएको बजेट स्वच्छ हावा प्रवर्धन तथा वायू प्रदुषण रोकथाम र न्यूनीकरणको पक्षमा मौन रहेको भन्दै सरोकारवाला संघसंस्थाहरुले असन्तुष्टी जनाएका छन् ।

काठमाडौं महानगर अन्र्तगतका वायु गुणस्तर व्यवस्थापन नागरिक समाज संजाल लगायतका वातावरण संरक्षणमा कृयाशिल बिभिन्न एक दर्जन संघसंस्थाहरुद्धारा सयुक्त विज्ञप्ति जारी गर्दै नेपालको संविधानत व्यवस्था अनुसार नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक हकको रक्षाका लागि सरकारको ध्यनाकर्षण सहित वायू प्रदुषण रोकथामका लागि प्रयाप्त भन्दै सच्याउन माग गरेको हो ।

नौ बुदें धारणा सहित जारी विज्ञप्तिमा ती संघसंस्थाहरुले वन डढेलो जस्ता प्राकृतिक विपत्ती नियन्त्रण गर्न अग्नि नियन्त्रण हेलिकप्टर लगायत आवश्यक स्रोत साधनको ब्यवस्था गर्न बजेटले सम्बोधन नगरेको, वायु गुणस्तर मापन केन्द्रमा रहेको अनुगमन स्टेशनहरु विग्रिएकाले तत्काल मर्मतमा ध्यान दिन,प्लाष्टिकजन्य पदार्थको प्रयोगलाई न्यूनिकरण गर्नका लागि आवश्यक पहलकदमी लिन समेत सरकारलाइ आग्रह गरेका छ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031