शुक्रबार, बैशाख २८, २०८१

सकियो बजेटमाथिको छलफल, सोमवारको बैठकमा अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं जेठ २८,
प्रतिनिधिसभा बैठकमा आइतबार आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल आजबाट सकिएको छ । अर्थमन्त्री प्रकाशशरण महतले गत जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको थियो ।

बजेटमाथिको छलफलको क्रममा विपक्षी दलका सांसदहरुले अर्थतन्त्रका समस्या समाधान गर्न बजेट असफल भएको टिप्पणी गर्दैगर्दा सत्तारुढ दलका सांसदहरुले पुँजीगत खर्चको प्रभावकारिता बढाउन सुझाव दिएका छन् । त्यस्तै सत्तासाझेदार दल काँग्रेसका सासंद गगन थापाले बजेट र राजस्वको लक्ष्य अवास्तविक भन्दै राजस्व बोर्ड बनाउन आवश्यक रहेको बताए ।

त्यस्तै अर्का सत्तासाझेदार दल नेकपा एसका अध्यक्ष एवम् पूर्व प्रम माधव नकुमार नेपालले बजेटप्रति सत्ता गठबन्धनकै धेरै नेता असन्तुष्ट रहेको प्रतिक्रिया दिदै गोरखा, डडेलधुरा र नुवाकोट केन्द्रीत बजेट आफ्नो  पार्टीले पनि  यथास्थितिमा पास गर्न नदिने अडान रहेको बताए ।  त्यसैगरि नेपाली कांग्रेसका सांसद दीपक गिरी, माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल ,कांग्रेस सांसद प्रदीप पौडेल लगायतले पनि वजेटको पक्षमा आफ्नो धारणा राख्दै प्रश्न र सुझाल राख्नुभएके थियो ।

यसैवीचअर्थमन्त्री प्रकाशशरण महतले राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सोमवारबस्ने बैठकमा दिने भएकेछ ।