शुक्रबार, बैशाख २८, २०८१

सासंद थापाले भने-सबैखालको विकृति अन्त्यका लागि बजेट प्रणालीमा सुधार गर्नुको विकल्प छैन

काठमाडौं जेठ २८,
प्रतिनिधिसभा बैठकमा आइतबार आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिदै नेपाली काँग्रेसका सासंद गगनकुमार थापाले बजेट प्रणालीमा नै सुधार गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

कांग्रेसका महामन्त्री समेत रहेका सासंद थापाले बजेट कार्यान्वयनका लागि कानुन निर्माण गरेर मात्रै अघि बढ्ने प्रणालीको विकास गर्नुपर्नेमा जोड दिनुको अलावा करको दर हेरफेर गर्नका लागि राजस्व बोर्डनै गठन गर्नु नै उपयुक्त हुने बताउनुभयो ।

त्यस्तै सासंद थापाले सरकारसँग बहुमत हुने भएकाले सरकारले पेलेरै बजेट पारित गराउने र कार्यान्वयनको सुनिश्चित नहुने अवस्थाको अन्त्य गर्नेहो भने  कानुन बनाउने अधिकार हामीसँग छ । त्यो अधिकारको हामीले प्रयोग गरिरहेका छैनौं । हामीले आफ्नो हातमा भएको अधिकार प्रयोग नगरेका कारण सिर्जना हुने सबै खालको अनेकन विकृतिको अन्त्यकालागि उनले बजेट प्रणालीमा सुधार गर्नुको विकल्प नभएको बताउनुभयो ।