शुक्रबार, बैशाख २८, २०८१

मन्त्रीगण सहित प्रधानमन्त्री प्रचण्डको पशुपति दर्शनप्रति भट्टराईको टिप्पणी

काठमाडौं जेठ २८ ,
शनिवार साँझा प्रधानमन्त्री प्रचण्ड सहित मन्त्रीहरुले पशुपति दर्शन गर्न गएकोप्रति पूर्वप्रधानमन्त्रीसमेत रहेका बाबुराम भट्टराईले पशुपति दर्शनका तस्बिर सहित सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् ।

पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्: ‘कोही एक्लै वा सपरिवार कुनै धार्मिक स्थल जाँदा प्रश्न उठाउन मिल्दैन, त्यो उसको निजी आस्थाको कुरा हो १ तर जब पूरै मन्त्रीमण्डल एकैसाथ र एउटा शृंखलामा धार्मिकस्थल जान्छ त्यो राजनीति हुन्छ र प्रश्न उठ्ने जिकिर गरेका छन ।

साथै सत्तासाझेदार दल नेपाल समाजवादी पार्टी नेता भट्टराईले आफ्नो टिप्पणीमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा उज्जैनस्थित महाकालेश्वर मन्दिरमा गेरुवस्त्र लगाएर गरेको गरेका तिर्थाटनको तस्वीर समेत पोष्टाएका छन ।