शुक्रबार, बैशाख २८, २०८१

नेकपा ब्युँताउने माधवको प्रस्तावले मुलुकको राजनैतिकवृत तरङ्गित

काठमाडौं जेठ २८ ,
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी अर्को कुनै पार्टीमा गएर विलय नहुने बताएका छन् । शनिवार भक्तपुरमा एकीकृत समाजवादीको प्रथम जिल्लालाए सम्बोधन गर्नेक्रममा उनले एकीकृत समाजवादी अर्को पार्टीमा विलय हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गरेको हो ।

सम्बोधनको क्रममा अध्यक्ष नेपालले भने, ‘कसै–कसैलाई लागेको छ, हाम्रो पार्टी अरु कुनै पार्टीमा गएर विलय हुनेछ, एमालेमा त आफैं रुवाबासी चलिरहेको छ तर हामी कतै विलय हुँदैनौं, बरु हामी पुरानो पार्टी नेपाल कम्युनिष्ट पार्टी नेकपा ब्युँताउन तयार छौं भन्दै यसको लागि माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी ओली तयार भए नेकपा ब्युँताउन आफू पनि तयार रहेको बताउनुभएको   हो ।
तर नेकपा एमालेका अध्यक्ष ओलीले ७० वर्षको उमेर हद हटाएर आफू कुर्सीबाट हट्न नचाहेको आरोप लगाउँदै ओली प्रवृतिका कारण नेकपा ब्युँताउने प्रसंग ओझेलमा रहने समेत बताए ।

साथै उहाँले अवको केहि समयपछि माओवादी केन्द्र, नेकपा विप्लव समूह,जनता समाजवादी पार्टी र नेकपा एसवीच नयाँ मोर्चा बन्ने गरि छलफल सुरु भएको केही समयमै सहमतिमा पुग्ने समेत बताउनुभयो ।