शुक्रबार, बैशाख २८, २०८१

बढ्दो तापक्रमसंगै जनजीवन प्रभावित, तराईदेखि हिमाली भेगसम्मै तापक्रम उच्च

  काठमाडौं जेठ २८ ,
विश्वव्यापी जलवायु परिवर्तनको असर नेपालमा प्रत्यक्ष देखिन थालेको छ । जल तथा मौसम विज्ञान विभागले तराईदेखि हिमाली भेगसम्मै बढ्दो तापक्रमसंगै जनजीवन प्रभावित बन्न थालेको हो ।

पछिल्लो समय काठमाडौं उपत्यकामा ३३ दशमलव ३ डिग्री सेल्सियस तापक्रम पुगेको छ भने नवलपरासीमा आज सबैभन्दा बढी ४४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । त्यस्तै सोलुखुम्बुको नाम्चे बजारमा १२ डिग्री सेल्सियस मापन भएको विभागले जनाएको छ ।

 साथै जलवायु परिवर्तनमा देखिएको परिवर्तन संगै अनावृष्टि र अतिवृष्टिको जोखिमका साथै यसवीचमा हुन सक्ने बाढीपहिरो, नदी कटानको समस्या समेत बढेको विज्ञहरुको भनाइ रहेको छ ।