शुक्रबार, बैशाख २८, २०८१

माल्टा र अमेरिका पठाइदिन्छु भनि लाखौं रुपैया ठगी गर्ने खड्का र सुनिता न्यौपाने पक्राउ

काठमाडौं जेठ २८,
वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा मुगु छाँयानाथ रारा नगरपालिका-३ ईमा घर भई हाल काठमाडौं महानगरपालिका(१४ कलंकी बस्ने ३४ वर्षीय प्रविन खड्कालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

खड्काले २ जनालाई वैदेशिक रोजगारका लागि माल्टा पठाइ प्रतिष्ठित कम्पनीमा मासिक १ लाख रुपैयाँभन्दा बढी तलवमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरुबाट पटकपटक गरी ९ लाख रुपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१४ कुलेश्वरबाट पक्राउ गरेको हो ।

त्यस्तै वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा उदयपुर चौदण्डीगढी नगरपालिका-७ वेलटार घर भई हाल ललितपुर गोदावरी नगरपालिका- १४ बस्ने ३७ वर्षीया सुनिता न्यौपाने श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठले एक वैदेशिक रोजगारका लागि अमेरिका पठाइ मोबाइल सफ्टवेयर कम्पनीमा ३ लाख ५० हजार रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ६ लाख २१ हजार रुपैयाँ लिई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई ललितपुर महानगरपालिका-३ पुल्चोकबाट पक्राउ गरेको जनाउँदै थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल चलान गरिएको जनाएके
छ।