शनिबार, बैशाख २९, २०८१

बढ्दो उच्च तापक्रम सहितको मौसममा फेरबदल सुरु

काठमाडौं जेठ २८,
जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतवार अपरान्ह देखि पछिल्लो समय बढ्दो उच्च तापक्रम सहितको मौसम बिस्तारै बदलिने र कतिपय क्षेत्रमा पानी पर्ने जनाएको छ ।

महाशाखाले वागमती, कोशी, मधेश र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना औल्याउँदै नेपालमा पश्चिमी वायुका साथै बंगालको खाडीको हावा र भारतको बिहार आसपास भएको न्यून चापीय क्षेत्रको केही प्रभाव जनाएको छ ।

साथै शनिवार साँझ लुम्विनी प्रदेशका कतिपय क्षेत्रमा हल्का वर्षा भएको र आज तराई मधेशका भूभागमा समेत बढ्दो तापक्रममा कृहिकमी आउँने जनाएको छ ।