शुक्रबार, बैशाख २८, २०८१

असार १ गतेदेखि भाद्र मसान्तसम्म सडक खन्न प्रतिबन्ध,अत्तेर गरे कारवाही

काठमाडौं जेठ २५,
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले आज एक सार्वजनिक सूचना’ जारी गर्दै आगामी असार १ देखि भाद्र मसान्तसम्म सडकमा खन्न प्रतिबन्ध लगाएको छ ।

जारी सूचनामा वर्षायामका बेला कुनै पनि कामका लागि सडकमा खन्न नपाइने खने सरकारले कारबाही गर्ने जानकारी सहित आगामी असार १ देखि भदौ मसान्तसम्म सडकमा खन्न प्रतिबन्ध लगाएको हो।

त्यस्तै सूचनामा वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत–सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जाने भएकोले असार १ गतेदेखि भाद्र मसान्तसम्म यस कार्यालयअन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने र कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने उल्लेख गरिएको छ ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031