शुक्रबार, बैशाख २८, २०८१

प्रतिनिधिसभाको बैठक: बजेटमाथि सत्ता पक्ष र विपक्षी दलको जुहारी सहितको छलफल

काठमाडौं जेठ २५,
प्रतिनिधिसभाको आज बस्ने बैठकमा पनि आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि आज पनि छलफल हुँदैछ । बजेटमाथिको छलफलका लागि बिहान ११ बजे बैठक सुरु हुने संसद सचिवालयले जानकारी दिएको छ ।

संघीय संसदका महासचिव भरतराज गौतमले सोमबारदेखि सुरु भएको छलफल आज पनि जारी रहने बताए ।  छलफलका क्रममा सत्ता पक्षका सांसदले बजेटको बचाउ गर्दै आएका छन् भने विपक्षी दलका सांसदले भने बजेटले अहिलेको आर्थिक समस्या समाधान गर्न नसक्ने भन्दै टिप्पणाी गर्दै आएका छन ।

 यसैक्रममा बुधबारको शून्य समयमा बोल्ने सांसद्हरुले निर्वाचन आयोगका जिल्ला कार्यालय खारेज गर्ने निर्णय फिर्ता लिन सरकारसँग माग गरेका थिए। सरकारको कदमले निर्वाचनकै निष्पक्षतालाई कमजोर बनाउने अभिव्यक्ति दिएका थिए ।

त्यस्तै बैठकमा सांसदहरु उपेन्द्र यादव र अमरेशकुमार सिंहले सरकारले मधेस प्रदेशमा कम बजेट विनियोजन गरिएको भन्दै आपत्ति जनाउनुको अलावा  कतिपय सांसदहरुले मध्यपहाडी लोकमार्गमा भएको ढिलाइ, सडक सुरक्षा, पेट्रोलियम पदार्थको अन्वेषण, नागरिकता विधेयक, मलबीउमा देखिएको अभावदेखि सुकुम्बासी र भूमिहीनका विषय उठाएका थिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031