शुक्रबार, बैशाख २८, २०८१

थुनुवा छुटाईदिन्छु भन्दै ४ लाख रकम ठगी गर्ने तामाङ पक्राउ

 काठमाडौं जेठ २५,
कारागारमा रहेको थुनुवालाई छुटाईदिन्छु भनि रकम ठगी गर्ने सिन्धुपाल्चोक चौतारा नगरपालिका(१ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका-९ बस्ने ४२ वर्षीय सञ्च तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगार ठगी मुद्दामा कारागारमा रहेको थुनुवालाई छुटाईदिन्छु भनि पटक पटक गरी ४ लाख रूपैयाँ लिई ठगी गरी फरार रहेका तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलेबानेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङ थप अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।