शनिबार, बैशाख २९, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि अभियुक्ततर्फका कानुन व्यवसायीले बहस गर्ने

काठमाडौं जेठ २४,
नक्कली भुटानी शरणार्थी प्रकरण अन्र्तगत मंगलवार सरकारी वकिल र जाहेरवालाको तर्फबाट बहस सकिएसंगै आजबाट प्रस्तुत प्रकरणमा पक्राउ परेका अभियुक्ततर्फका कानुन व्यवसायीले आजदेखि बहस गर्ने भएका छन् ।  जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी थुनछेक बहसमा आजबाट अभियुक्ततर्फका कानुन व्यवसायीले बहस गर्न लागेको हो ।

प्राप्त जानकारी अनुसार अभियुक्तको पक्षमा बहसका लागि पूर्व महान्यायाधिवक्तादेखि नेपाल बार एसोसिएसनका अध्यक्षसमेतले नाम टिपाएको बुझिएको छ ।

अदात सम्वद्ध स्रोतका अनुसार थुनछेक बहसका लागि न्यायाधीश न्यौपानेले आगामी मंगलबारसम्मको समय तोकेका छन् । त्यसपछि सरकारी वकिलको तर्फबाट जवाफी बसह हुने र त्यसपछि अदालतले प्राप्त प्रमाण बहस जिकिरको आधारमा थुनामा राखेर मुद्दा चलाउने वा धरौटीमा छाड्ने भन्ने आदेश दिने बुझिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलको कार्यालयले पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाणलगायत १८ जना सहित फरार रहेका समेत गरि ३० जना विरुद्ध मुद्दा दर्ता गरिएको छ