शुक्रबार, बैशाख २८, २०८१

यस्तो छ मन्त्रिपरिषद् बैठकको ६ बुँदे निर्णय

 काठमाडौं जेठ २४,
आज बसेको मन्त्रिपरिषद् बैठक मार्फत विभिन्न ६५ बुँदे निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विद्युतीय व्यापारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय संगै ठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई जेठ २९ देखि ३१ गतेसम्म बेल्जियममा आयोजना हुने कार्यक्रममा सहभागी हुन जान स्वकिृति दिने निर्णय गरेको जानकारी दिनुभयो ।

त्यस्ते बैठकले काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिकामा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रुपान्तरण गर्ने ,कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा सहसचिव मदन भुजेललाई तोक्ने र आवश्यक सेवा सञ्चाल ऐन २०१४ को दफा ३ को उपदफा ९१० बमोजिम आवश्यक सेवाको हड्ताल गर्न निषेध गरी आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णयसंगै माथिल्लो मैलङखोला जलविद्युत लिमिटेडलाई आयोजनाको टावर र राइट अफ वे को लागि रसुवा र नुवाकोट जिल्लामा रहेको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिन तथा सो वन क्षेत्रमा रहेका रुख हटाउन स्वीकृति दिने निर्णय भएको बताउनुभयो । ।