शुक्रबार, बैशाख २८, २०८१

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्याउन सासंद थापाको माग

काठमाडौं जेठ २४,
नेपाली कांग्रेसका सासंद गगन थापाले प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयले निर्वाचन आयोगको भूमिकालाई संकुचित र प्रभावित पार्ने बताउदै सरकारको निर्णय सच्याउन माग गरेका छन् ।

त्यस्तै सासंद थापाले खर्च कटौतीको नाममा गरिएको निर्णयले निर्वाचनको निश्पक्षतामाथि प्रश्न उठ्ने जिकिर सहित जिल्ला प्रशासनले गर्ने काम प्रकारान्तरले कार्यकारीको हस्तक्षेपबाट मुक्त हुन नसक्ने भन्दै आयोगको जिल्ला कार्यालय खारेज गर्ने निर्णय सच्याउन सरकारलाई आग्रह गरेको हो ।

साथै उहााले सरकारको प्रस्तुत निर्णय संविधानले समेत निर्वाचनको निम्ति मतदाताको नामवली संकलन गर्ने काम निर्वाचन आयोगलाई नै जिम्मा दिएको भन्दै कार्यालय खारेजीको निर्णयले निर्वाचनको निष्पक्षतामा समेत शंका सिर्जना हुने बताउनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031