शुक्रबार, बैशाख २८, २०८१

कामु प्रन्या कार्की विरुद्ध संसदीय सुनुवाइ समितिमा ११ वटा उजुरी दर्ता

 काठमाडौं जेठ २४,
गत वैशाख २५ गते बसेको संवैधानिक परिषदको बैठकबाट सर्वोच्चको प्रधानन्यायाधीशमा सिफारिस भएका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा ११ वटा उजुरी परेका छन् ।

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध इमेल, चिठी र आफैँ उपस्थित भएर ११ वटा उजुरी परेको संसदीय सुनुवाइ समिति सम्वद्ध स्रोतले जनाएके छ। यद्यपी कस्ता उजुरी परेका छन् भन्ने विषयम भने समितिले कुनै विवरण सार्वजनिक गरेको छैन ।  यसअघि समितिले १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो ।