शुक्रबार, बैशाख २८, २०८१

विश्व वातावरण दिवस: स्वथ्य वातावरणका लागि विधालय परिसरमा बृक्षारोपण

काठमाडौं जेठ २२ ,
आज जुन ५ अर्थात विश्व वातावरण दिवस नेपालमा पनि प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरि मनाइदैछ ।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्‌वानमा सन १९७३ देखि प्रत्येक वर्ष जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउँने क्रमले निरन्तरता पाउँन थालेको हो ।

 यसैक्रममा आज काठमाडौं महानगर वडा न १३ स्थित जन प्रभात माध्यामिक विधालयको परिसरमा बढ्दो वायु प्रदुषणको न्यूनिकरणसंगै स्वथ्य वातावरणका लागि बृक्षारोपण कार्यक्रमको आयोजना गरिएको छ।

वायु प्रदुषण ब्यबस्थापन नागरिक संजालको आयोजनामा स्थानीय जनप्रतिनिधि बिद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थीसंगै इन्फो लगायतका गैरसरकारी संस्थाको सहभागितामा तेजपात, कपुर लगायतका औषधिजन्य रुखका बिरुवाहरु रोपिएको सञ्जालका अध्यक्ष निरु महर्जनले जानकारी दिनुभयो ।

कार्यक्रममा महानगर वडा न २० का वडाध्यक्ष राजेन्द्र मानन्धर, सद्स्य अनेश चित्रकार, १३ वडाका सदस्यद्वय रजनी महर्जन, मैयाँ देउला, बिद्यालयका प्रअ सत्येन्द्रलाल कर्ण, महिला समितिका सद्स्यहरुको वाक्लो उपस्थिती रहेको थियो ।