शनिबार, बैशाख २९, २०८१

परिवर्तनको रक्षाको संकल्पसहित आफू जिम्मेवारीमा आएको प्रधानमन्त्री प्रचण्डको प्रष्टोक्ति

काठमाडौं जेठ ६,
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडियाद्वारा राजधानीमा आज आयोजित हाफ म्याराथनको कार्यक्रमको शुभारम्भ गर्दै देशको एकता र परिवर्तनको रक्षाको संकल्पसहित आफू प्रधानमन्त्रीको जिम्मेवारीमा प्रष्टोक्ति दिनुभएको छ ।

आफ्नो नेतृत्वको सरकार केवल परिवर्तनमार्फत नै जनतालाई कसरी सेवा दिन सकिन्छ, सुशासन दिन सकिन्छ र विकास दिन सकिन्छ भन्ने संकल्पमा अडिग रहेको बताउँदैसंक्रमणकालीन न्याय र गणतन्त्र विरोधी प्रवृत्तिलाई निरुत्साहित गर्न मै केन्द्रित हुने गरेको बताउनुभयो ।

साथै उहाँले हिजोका दिनमा भएका राष्ट्रिय एकता, सहमति र सहकार्यलाई जीवन्त तुल्याउन सकिन्छ भन्ने उद्देश्यले नै हामी दलहरु बीच छलफलमा रहेको जनाउ सहित उहाँले यसैको लागि शीर्ष नेताहरु बीच पटकपटक छलफल हुँदै आएको बताउनुभयो ।

प्रधानमन्त्रीले भारतसँग खुला सिमा, आर्थिक, राजनीतिक, सामाजिक, जनता जनताबीचको सम्बन्धको दृष्टिकोणले सम्बन्ध विशिष्ट रहेको उल्लेख गर्दै आगामि भ्रमण दुबै देशका लागि ऐतिहासिक बन्नेसमेत बताउनुभयो ।

साथै अहिले सरकार सुशासन, विकास र समृद्धिको नयाँ संकल्प सहित अगाडि बढेको छ । त्यसमा खेलकूलाई प्रोत्साहित गर्ने कुरा सरकारको उच्च प्राथमिकतामा रहेको समेत बताउनुभयो ।