सोमवार, बैशाख २४, २०८१

आईडिया बैंकमा आवेदन दिन महानगर प्रमुख साहको आव्हान

काठमाडौं जेठ ६,
काठमाडौं महानगरका प्रमुख बालेन साहले महानगरवासीलाई आईडिया बैंकमा आवेदन दिनका लागि आब्हान गरेका छन् ।

महानगर प्रमसख साहले आफ्नो चुनावी घोषणापत्र तथा काठमाडौ महानगरपालिकाको वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समावेश भएको आइडिया बैङ्क कार्यक्रमको प्रमुख उद्देश्य दक्ष जनशक्ति, विद्यार्थी, लगानीकर्ता तथा उद्यमशीलता विशेषज्ञहरूको ब्रिजको रूपमा महानगरबासी सोचलाई योजना र योजनालाई व्यवसाय बनाउने भएको जनाउ सहित महानगरको वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समेत समावेश भएको आइडिया बैङ्क कार्यक्रममा सहभागी हुन आब्हान गर्नुभएको हो ।

आईडिया  बैंकको लिङ्क

आफ्नो समाजिक सञ्जाल मार्फत भिडियो अपिल गर्दै महानगर प्रमुख साहले  ‘तपाइसँग आइडिया छ, तपाईँले महानगर भित्र कुनै स्टार्टअप सुरु गर्नुभएको छ र ३ वर्ष कटेको छैन, साथै तपाइ विद्यार्थी हुनुहुन्छ,’ भन्दै आइडिया बैंकमा विभिन्न विषयगत क्षेत्रहरूलाई समेटी ५ वटा क्याटगोरीमा आगामी जेठ १९ भित्र आवेदन दिन अपिल गर्दै तपाईँलाई उद्यमी बन्न कसैले रोक्न सक्दैन महानगर तपाइको साथमा रहेको जिकिर समेत गर्नुभएको छ ।