आइतवार, बैशाख १६, २०८१

मलेसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने बिमला पक्राउ

काठमाडौं वैशाख ४,
नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले मलेसिया पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिक १० बानेश्वर थापागाउँ बस्ने ५१ वर्षीया बिमला थापालाई सोमबार पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीको लागि मलेसियामा राम्रो कम्पनीमा काम लगाईदिन्छु भन्दै पीडितलाई प्रलोभनमा पारी रकम लिई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि प्रहरीले उनलाई काठमाडौं बानेश्वर थापागाउँबाट पक्राउ गरेको हो ।

त्यस्तै पक्राउ परेका थापालाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौमा पठाईएको प्रहरीले जनाएको छ ।