आइतवार, बैशाख १६, २०८१

मिटरब्याजी पीडित समूह र नेपाल प्रहरीबीच झडप

काठमाडौं वैशाख ४,
मिटरब्याजी पीडित समूह र नेपाल प्रहरीबीच झडप भएको छ। लामो समयदेखि काठमाडौंमा आन्दोलनरत मिटरब्याजी पीडित समूहले र प्रहरीबीच सोमबार झडप भएको हो।

शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका मिटरब्याज पीडितको समूहले ब्यानरसहित सिंहदरबारमा प्रदर्शनका लागि निस्कने तयारीगरेसंगै प्रहरीसंग झडप भएको हो।

झडपमापरि केही मिटरब्याजी पीडित र प्रहरी घाइते भएका छन्। घाइतेहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको थाहा भएको छ।