आइतवार, बैशाख १६, २०८१

ओलीको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति देउवा बालकोट जाँदै

काठमाडौं बैशाख ४ , 

नेकपा एमाले अध्यक्ष केपी ओलीको स्वास्थ्य अवस्था बुझ्न र मुलुकको पछिल्ले समसामयिक राजनैतिक विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवा आज बिहान ९ बजे बालकोट जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।  पछिल्लो एक साता देखि भायरल ज्वरोका कारण एमाले अध्यक्ष ओली अस्वस्थ रहेका छन ।

त्यस्तै आजको प्रमुख राजैनैतिक दलका शिर्ष नेतृत्वत्रयवीच संवैधानिक परिषद् सम्बन्धी विधेयक, सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकका विषयमा समेत छलफलको कार्यसूची रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।