आइतवार, बैशाख १६, २०८१

वैशाख ६ र ७ गते भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइने

काठमाडौं बैशाख ४ , 

 सरकाले बालबालिकालाई वैशाख ६ र ७ गते भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने भएको छ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी  सूचनामार्फत     वैशाख ६ र ७ गते  बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने जानकारी दिएको हो।

मन्त्रालयले छ देखि ५९ महिना उमेरसम्मका बालाबालीकालाई भिटामिन ए क्याप्सुल तथा १२ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने जनाउँदै  आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयको आग्रह  गरेको  छ।