आइतवार, बैशाख २३, २०८१

आसन्न उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्ने प्रस्ताव राष्ट्रपतिबाट स्वीकृत

काठमाडौं वैशाख ३,
आगामी वैशाख १० गते तनहुँ, बारा र चितवनका तीनवटा निर्वाचन क्षेत्रमा हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपतिबाट स्वीकृति प्रदान गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी प्रेस विज्ञप्तिमार्फत राष्ट्रपति पौडेलले एकीकृत सुरक्षा कार्य योजना, २०७९” मा व्यवस्था भए अनुसार वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनलाइ स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा

 निकायहरूबीच एकीकृत तथा समन्वयात्मक रूपमा सुरक्षा प्रदान गर्नका लागि नेपालको संविधानको धारा ६६ को उपधारा २ बमोजिम सेना परिचालनको स्वीकृति प्रदान गरिएको उल्लेख गरिएकोछ ।

 निर्वाचन लक्षित हुँदै राष्ट्रिय सुरक्षा परिषद्ले गत चैत २८ गते गरेको सिफारिसका आधारमा मन्त्रिपरिषद्को को निर्णयअनुसार प्रधानमन्त्री प्रचण्डले चैत ३० गते सेना परिचालनको स्वीकृतिका लागि राष्ट्रपति कार्यालयमा पत्राचार गर्नुभएको हो ।