सोमवार, बैशाख २४, २०८१

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं बैशाख ३ ,
भारतबाट इन्धनको मूल्य बढेर आएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले इन्धनको मूल्य बढेको जनाउ सहित नेपाल आयल निगमका प्रवक्ता ई। मनोज कुमार ठाकुरले डिजेलमा करिब एक रुपैयाँ र पेट्रोलमा करिब साढे ६ रुपैयाँ बढेर आएको जानकारी दिए।

अन्तर्राष्ट्रिय बजारमा १५ दिन अघि कच्चा तेल प्रतिब्यारेल ७५/७६ अमेरिकी डलर रहेकोमा अहिले उक्त मूल्य बढेर प्रतिब्यारेल ८५ डलर पुगेको lनगमले जनाएको छ ।

हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ रहको बढ्दो इन्धनको मूल्य अनुसार नेपालमा इन्धनको मूल्य बढ्ने वा नबढ्ने निगम सञ्चालक समितिको बैठकले नितिगत निर्णय गर्ने निगमले जनाएको छ।